चीनमा मानवरहित कार परीक्षण



एजेन्सी । चीनका केही सहरमा पछिल्लो समय चालक विहीन कारहरुको सार्वजनिक परीक्षण गर्न थालिएपछि चर्चाको विषय बन्न थालेको छ । विशेषगरी प्रमुख चिनियाँ सहरहरु सांघाइ र सेङझेनमा यसको सार्वजनिक परीक्षण सुरु हुँदैछ।

यसैगरी हङकीको अटोनोमस चालकविहीन मिनी बस पनि सार्वजनिक परीक्षण गरिएको हो । चालकविहीन मिनी बसभन्दा फरक, चिनियाँ मिडियाले हङची रोबोटट्याक्सी परीक्षण गरिरहेको रिपोर्ट पनि सार्वजनिक भएका छन् ।

उक्त चालकविहीन मिनी बसको अतिरिक्त हङचीले रोबोटट्याक्सी परीक्षण गरेको चिनियाँ मिडियाले जनाएका छन् । यसअघि जुलाइ १० मा होङचीले बेइजिङ इन्टेलिजेन्ट र कनेक्ट भिहिकल पोलिसी पाइलट जोनबाट रोबोटट्याक्सीको परीक्षणका लागि अनुमति पाएको थियो ।

होङची रोबोटट्याक्सीले पाइलट जोनमा १ लाख मिलोमिटरभन्दा बढी स्वायत्त ड्राइभिङ सार्वजनिक सडक परीक्षण पूरा गरिसकेको छ ।

विश्व बजार अनुसार स्वचालित सवारीको मूल्य २०२३ मा २ ट्रिलियन अमेरिकी डलर थियो । जवकि चीनमा २०२३ मा स्वचालित सवारीको बजार मूल्य ८ अर्ब १० करोड अमेरिकी डलर थियो ।

चीनमा अटोमेटिभ उद्योगहरु विद्युतीयकरणबाट एआईमा रुपान्तरण भएसँगै स्वचालित ड्राइभिङ प्रविधिलाई पनि चीनले तीब्र रुपमा गरिरहेको छ । जुन प्रविधिले सहचालकबाट चालक मात्रै र मानव रहित डेलिभरी साधन हुँदै मानवरहित स्वचालित सवारीको प्रविधिमा चिनियाँ कम्पनीले ध्यान केन्द्रित गरेका छन् ।


क्लिकमान्डु