बिवाइडीको बाओ-५ सबैभन्दा उचाइमा पुगेर विश्‍व रेकर्ड बनायो



एजेन्सी । चिनियाँ अटो कम्पनी बीवाइडीको फेङ चेङ बाओको बाओ ५ अफरोड एसयूभीले प्लग इन हाइब्रीडमार्फत् सर्वाधिक उचाइमा पुगेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएको छ ।

बाओ 5 हालसम्म कारहरु पुगेको विश्वकै अग्लो स्थान ५९८० मिटर उचाइमा पुगेर नयाँ विश्व रेकर्ड कायम गरेको हो ।

फेङ चेङ बाओ ब्रान्डले हालै यस्तो रेकर्ड राखेको विषयमा आफ्नो विषयमा जानकारी सार्वजनिक गरेको हो । जसअनुसार बाओ ५ समुद्री सतहदेखि ३६५० मिटर उचाइ रहेको चीनको ल्हासादेखि यार्लुङ जाङबो नदी उपत्यका, ५५६६ मिटर उचाइमा रहेको साङबुला पास र ५८०० मिटरको उचाइमा रहेको लाजोङला पास हुँदै अन्तत ५९८० मिटर उचाइसम्म पुगेको हो।

बाओ ५ फेङ चेङ बाओ ब्रान्डको पहिलो मोडल हो । जुन गत वर्षको नोभेम्बरमा सार्वजनिक गरिएको थियो । यो कारको मूल्य ३९९०० देखि ४८६०० अमेरिकी डलरसम्मको रकम हो ।

२०२३ को डिसेम्बर र २०२४ को जनवरीमा बाओ ५ मोडलको कार मासिक रुपमा ५ हजार बिक्री भएको थियो। त्यसपछिको महिनामा भने बिक्री कम भयो । यो वर्ष फेब्रुअरीदेखि अप्रिलसम्म बिक्री अघिल्लो तुलनामा ह्वात्तै बढेर २३९९५ इकाइसम्म बिक्री पुगेको छ ।

बाओ-५ चिनियाँ कम्पनी बीवाइडीको हार्डकोर एसयूभी हो । जसमा १.२ लिटर इन्जिन दिन्छ । साथै ६७७ पीएस पावर हुने यो गाडीमा ३१.४ किलोवाटको ब्लेड ब्याट्री राखिएको हुन्छ । साथै यो गाडीले सिंगल चार्जमा १२५ किलोमिटर रेन्ज दिने बताइन्छ ।


क्लिकमान्डु