डा. खतिवडा सरकारको आर्थिक र रिमाल राजनीतिक सल्लाहकार



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा खतिवडालाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

डा. खतिवडा यसअघि ओली मन्त्रिपरिषदमा अर्थमन्त्री थिए ।

यसैगरि, मन्त्रीपरिषद्ले प्रमुख राजनीतिक सल्लाहकारमा नुवाकोटका विष्णु रिमाल नियुक्त गर्ने निर्णय गरेको छ । नेकपा एमालेका उपमहासचिव समेत रहेका रिमाललाई प्रमुख मन्त्रीपरिषद्ले सरकारको राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो ।

प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमालको यो चौथो नियुक्ति हो । व्यवस्थापनमा कुशल मानिएका रिमालले यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रमुख सल्लाहकार पदमै रहेका थिए । पेशाले इन्जिनयर रिमाल नेपाल ट्रेड युनियन महासंघ जिफन्टको पूर्व अध्यक्ष पनि हुन् ।


क्लिकमान्डु