नेपालमै पहिलोपल्ट रूपैयाँ र डलरमा नियोन क्रेडिट कार्डको सुविधा



काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ उद्योगमै पहिलो पटक नेपाली रुपैयाँ र अमेरिकी डलरमा नियोन क्रेडिट कार्ड को सुविधा सञ्चालनमा ल्याएको छ । ‘ग्लो विथ कन्फिडेन्स’ ट्यागलाइन सहित बजारमा ल्याएको नियोन क्रेडिट कार्ड भिसाद्वारा सञ्चालित विश्वव्यापी स्वीकार्य विद्युतीय भुक्तानीको उत्कृष्ट माध्यम रहेको बैंकले जनाएको छ ।

बैंकले ग्राहकहरुलाई उत्कृष्ट तथा विशिष्ट सेवा प्रदान गर्ने लक्ष्यका साथ यो कार्ड सञ्चालनमा ल्याएको जानकारी दिएको छ । बैंकले डिजिटल बैकिङ क्षेत्रमा समय सापेक्ष नवीनतम प्रविधीमैत्री उपकरण सञ्चालनमा ल्याउन सदैव उत्साहित तथा क्रियासिल रहेको दाबी पनि गरेको छ ।

आधुनिक जीवनशैलीमा व्यस्त रहने ग्राहक तथा देश विदेश यात्रा गर्ने वर्गलाई लक्षित गरि सञ्चालनमा ल्याईएको ‘नियोन क्रेडिट कार्ड’ डिजाइन तथा आवरणमा चम्किलो तथा मनमोहक छ रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेछ । यो कार्ड बजारमा उपलब्ध अन्य प्रकारका कार्डहरुभन्दा विल्कुलै भिन्न देखिन्छ ।

नियोन क्रेडिट कार्डको पहिलो संस्करण सीमित अवधिको लागि ल्याईएको माछापुच्छ्रे बैंकको नवीनतम योजना हो । यो सुविधाअनुसारसुपरमार्केट, होटेल, रेष्टुरेन्ट, तथा विविध फ्रेन्चाइज आउटलेट्स आदिमा विशेष छुट तथा अफर सुविधाहरु उपलब्ध गराउने बैंकको योजना रहेको छ ।

डिजिटल बैंकिङ्गको दुनियाँमा माछापुच्छ्रेले बैंकको नियोन क्रेडिट कार्ड मार्फत ग्राहकवर्गलाई नौलो स्वाद को अनुभुती दिलाउने बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बताए । उनले भने, ‘हामी नियोन क्रेडिट कार्ड प्रस्तुत गर्न पाउँदा निकै उत्साहित छौं, जसले हाम्रा ग्राहकहरुको नवीनतम आकांक्षाहरु सम्बोधन हुने र सुरक्षित एवं आधुनिक प्रविधीमैत्री भुक्तानीका माध्यमबाट सदैव ग्राहकबर्गको आकांक्षाको सम्बोधन गरिने हाम्रो प्रयासलाई झल्काउँछ ।’

माछापुच्छ्रे बैंक पीओएस मर्चेन्ट सञ्जाल विस्तारमा उत्कृष्ट कार्यसम्पादन गरेको र भिसा क्रेडिट कार्ड उपयोग गर्न आफ्ना ग्राहकलाई पे्ररित गरी पुर्याएको उल्लेख्य योगदानको कदर स्वरुप भिसाद्वारा विशिष्ट अवार्डले सम्मानित बैंक हो ।

बैंकले ल्याएको नियोन क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले नेपालभरका विभिन्न ३५० भन्दा बढी मर्चेन्टहरुमा विविध वस्तु तथा सेवाको उपभोग र किनमेल गर्दा विशेष छुट तथा क्यासव्याक अफरहरु प्राप्त गर्न सक्नेछन्, साथै ५ हजार रुपैयाँ वा सो बराबरको ट्याप एन्ड पे (क्यासलेस) कारोबार गर्न सक्नेछन् । यो सुविधाले ग्राहकमा प्रिमियम तथा उत्कृष्ट सुविधाको अनुभुति जाग्रित हुने विश्वास बैंकको छ ।

नियोन क्रेडिट कार्ड प्रयोग मार्फत विशेष छुट तथा क्यासव्याक अफर प्राप्त गर्न सकिने मर्चेन्टहरु तथा छुट सम्बन्धि विवरणको बारेमा बैंकको वेभसाईट, सामाजिक संजाल मार्फत ग्राहकलाई जानकारी गराईने बैंकले जनाएको छ ।


क्लिकमान्डु