सिटिजन्स बैंकका ग्राहकलाई हिमाल हस्पिटलमा छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको ज्ञानेश्वरमा रहेको हिमाल हस्पिटल प्रालीबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने विषयमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा हस्ताक्षरपछि सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले हिमाल हस्पिटल प्रालीमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानीमा प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर ६० जिल्लामा रहेका आफ्ना १ सय ९७ वटा शाखा, १ सय ६२ वटा एटीएम, ३ वटा विस्तार काउन्टर र ९८ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु