पुँजीको समस्या भएपछि बैंकरले निकाले समाधानको उपायः रिजर्भलाई कोर क्यापिटलको मान्यता



काठमाडौं । पुँजीको चरम दबाबमा परेपछि बैंकरहरुले नेपाल राष्ट्र बैंकलाई वैकल्पिक उपाय सुझाएका छन् । वाणिज्य बैंकहरुले रिजर्भ (जगेडा कोष)को रकमलाई कोर क्यापिटलबराबर मान्यता दिन अनुरोध गरेका हुन् ।

यसअघि नेपाल बिमा प्राधिकरणले चुक्तापुँजी नपुगेका बिमा कम्पनीहरुलाई जगेडा कोषको रकमलाई पुँजीबराबर मान्यता दिनेगरी परिपत्र जारी गरेको छ । बैंकरहरुले पनि आफूहरु कर्जा दिन समस्यामा परेको भन्दै यही विकल्प नै उचित बाटो हुने जानकारी गराएका छन् ।

राष्ट्र बैंकसँगै यस्तो अनुरोध गरेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले अर्थमन्त्री विष्णु पौडेललाई जानकारी दिए ।

पौडेलसामु ढुंगानाले भने, ‘तपाईंको कार्यकालमा समस्या समाधान भयो भने राम्रै हुन्छ । केही लचकता अपनाउन राष्ट्र बैंकलाई भनिदिनुपर्‍यो । राष्ट्र बैंकसामू रेगुलर रिजर्भलाई कोर क्यापिटल मानिदिन आग्रह गरेका छौं ।

सीईओ ढुंगानाले हाल १० वटा बैंक पुँजीको सकसमा रहेको जानकारी गराउँदै नबिक्ने भएकाले हकप्रद सेयर जारी गर्न समेत नसक्ने स्थितिमा रहेको पनि गुनासो गरे ।


क्लिकमान्डु