बचतकर्ताको आधा करोडभन्दा बढी रकम ठगेर माँ अम्बे सहकारीका ७ जना फरार



काठमाडौं । काठमाडौंको जडिबुटीमा रहेको माँ अम्बे बचत तथा ऋण सहकारीले बचतकर्ताको आधा करोड भन्दाबढी रकम ठगेका छन् ।

बचतकर्ताको ६९ लाख ६२ हजार ७३७ रुपैयाँ ठगेर अध्यक्ष सहित ७ जना फरा रहेका छन् । बचतकर्ता ठगेर फरार हुनेमा सुर्खेत जिल्ला बराहताल गाँउपालिका–९ का माँ अम्बे सहकारीका अध्यक्ष निर्मल कुमार सिंजाली, सहकारीका उपाध्यक्ष रहेकी सुर्खेत जिल्ला बराहताल गाँउपालिका–९ की रामकली सिंजाली मगर, सहकारीका सचिव सिन्धुली जिल्ला दुधौली नगरपालिका–७ पोखरेका बिशाल खड्का फरार रहेका छन् ।

यस्तै सहकारीबाट बचतकर्ताको बचत ठगेर भाग्नेमा सहकारीका कोषाध्यक्ष सुर्खेत जिल्ला बिरेन्द्रनगर नगरपालिका–१४ का सुनाईल थापा, सहकारीका सञ्चालक समिति सदस्य जाजरकोट जिल्ला नलगाड नगरपालिका–४ का शेखर बोहरा, सहकारीका सदस्य सुर्खेत जिल्ला बराहताल गाँउपालिका–९ की मुना कुमारी सिरिस (सिंजाली) र सहकारीका सदस्य बर्दिया जिल्ला बारबर्दिया नगरपालिका–३ का प्रकाश गौडेल फरार रहेका छन् ।

उनीहरुले बचतकर्तालाई आकर्षक ब्याज दिने भन्दै बचत ठगेको पीडितको भनाइ छ । दुई वर्षअघि देखि बचत फिर्ता माग्न जाँदा सहकारी बचत फिर्ता नदिनेको पीडितको गुनासो छ ।


क्लिकमान्डु