सुनको मूल्य अहिलेसम्मकै महँगो, कति पुग्यो ?



काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार तोलामा २ हजार रुपैयाँले बढेसँगै हालसम्मकै महँगो भएको हो ।

आज सुन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तेजावी सुन प्रतितोला १ लाख ४९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ ।


क्लिकमान्डु