बिष्णु पौडेल अर्थमन्त्री बनेकै दिन सेयर बजार राताम्मे !



काठमाडौं । नयाँ सरकारको अर्थमन्त्रीमा बिष्णु पौडले नियुक्त भएपछि सेयर बजारमा हरियाली छाउँछ भनेर बसेकाहरुको अपेक्षा अधुरो बनेको छ ।

पौडेल मन्त्री भएर आएको पहिलो दिन बजारमा हरियाली छाँउछ भनेर धेरैको अपेक्षा थियो । त्यो अपेक्षा भने अधुरो बनेको छ ।
मन्त्री पौडेल सेयर बजारप्रति सधै सकारात्मक देखिन्छन् । उनलाई सेयर बजारले पनि रुचाउन गरेको थियो ।

यो पटक पदभार ग्रहण गर्दा सेयर बजार अर्थतन्त्रको ऐना रहेको भन्दै अनुकुल परिस्थिति बनाउनेतर्फ आफु लाग्ने दाबी समेत गरेका छन् ।

उनको पहिलो अभिव्यक्ति नै सेयर बजारका बारेमा आएपछि बजार भने सकारात्मक नदेखिएको जानकारहरुको तर्क छ ।

पौडेल पाँचौ पटक अर्थमन्त्री बनेको पहिलो दिन नै बजार राताम्मे भएको छ । बजार मापन गर्ने सूचक १७.८१ अंकले घटेर परिसूचक २२४०.४१ बिन्दु कायम भएको छ ।

काराबारको सुरुमा केही बढेको बजार त्यसपछि निरन्तर घट्यो । आज ३२२ कम्पनीको २ करोड ५० लाख ७९ हजार ७९ कित्ता सेयर ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८४ कम्पनीको घटेको छ ।

सोमबारको कारोबारमा जलविद्युत, उत्पादन तथा प्रशोधन, लगानी समूहको उपसूचक बढेको छ भने बाँकी ९ वटा उपसूचक राताम्मे भएका छन् ।

सोमबार बैंकिङ १८.४३, विकास बैंक ८५.६७, वित्त १३.७६, होटल ९९.९३, जीवन बिमा १८०.९९, माइक्रोफाइनान्स ६८.९७, निर्जीबन बिमा १०२.७४, अन्य २०.५१, ट्रेडिङ समूहको उपसूचक १६.१६ अंकले घटेको छ ।


क्लिकमान्डु