एक्समा अब डिसलाइक बटन थप्दै एलन मस्क



एजेन्सी । सोसल मिडिया एक्सका मालिक एलन मस्कले एक्समा फेरि अर्को विवादास्पद फिचर ल्याएका छन् । आफ्नो प्लाटफर्ममा बारम्बार विभिन्न फिचर ल्याएर विवाद र चर्चामा रहिरहने मस्कले पछिल्लो पटक एक्समा डिसलाइक बटन ल्याएका हुन् ।

अर्थात् अब एक्सका प्रयोगकर्ताहरुले डिसलाइक पनि गर्न सक्नेछन् । ट्विटरको नाम परिवर्तन गर्दै एक्स बनाएका मस्कले लोगो पनि परिवर्तन गरे । त्यसबाट उनको चौतर्फी आलोचना र चर्चा भएको थियो । त्यसपछि उनले ट्विटरले निशुल्क दिने ब्लुटिकलाई सशुल्क बनाए ।

यसपटक डिसलाइक बटन ल्याएसँगै फेरि मस्क चर्चामा छन् । यद्यपि डिसलाइक बटनको विषयमा लामो समयदेखि आलोचना पनि हुँदै आएको छ । यससँगै एक्सको आघणएस एपको बिटा भर्सनमा भने डिसलाइक बटनको कोड पनि देखिन थालेको छ ।

जहाँ आइओएस एपमा टुक्रिएको मुटु आकारको आइकन देखिन्छ । यस्तो तस्बिर कोडमा पनि देखिन्छ। यद्यपि यसबारे एक्स र एलन मस्कले सार्वजनिक रुपमा केही प्रतिक्रिया दिएका छैनन् ।


क्लिकमान्डु