साउनमा घट्दै ब्याजदर: ५ को यथावत, एभरेष्ट र कृषिले बढाए, अरूले घटाए



काठमाडौं । बैंकहरूले २०८१ साउन महिनाका लागि नयाँ ब्याजदर प्रकाशन गरेका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकको ब्याजदरमध्ये १३ वटाले घटाएका छन् ।

बढाउनेमा एभरेस्ट र कृषि विकास बैंक छन् भने ५ बैंकले यथावत राखेका छन् ।

प्रकाशित ब्याजदरमध्ये सबैभन्दा बढी ब्याज व्यक्तिगत मुद्दती निक्षेपमा एनआईसी एशिया र एमएमबि बैंकले दिने घोषणा गरेका छन् । यस अवधिमा सबैभन्दा बढी दरले ब्याजदर घटाउने बैंक हिमालयन बनेको छ भने कृषि विकास बैंकले सर्वाधिक दरले ब्याजदर बढाएको छ ।

साउनमा सबैभन्दा कम ब्याज राष्ट्रिय वाणिज्य बैंकले दिने घोषणा गरेको छ ।

(अद्यावधिक गरिएको*)

कसको ब्याजदर कति ? (प्रतिशतमा)


क्लिकमान्डु