सेयर बजारले पार गर्यो अर्ध सतक, साढे ७ अर्ब बढीको कारोबार



काठमाडौं । सेयर बजारले अर्ध सतक पार गरेको छ । सत्ता समिकरणको प्रभाव सेयर बजारमा देखिएको छ ।

सत्ता परिवर्तन भएसगै अर्थमन्त्रीमा एमालेका उपाध्यक्ष बिष्णु पौडेल आउने चर्चाले बजार बढेको चर्चा पनि छ । कारोबारको सुरुको केही मिनेटमा नै बढेर २२९० पुगेको बजारमा गिरावट देखिएको थियो । तर अन्तिम समयमा बजार ५२.९७ अंकले बढेर परिसूचक २२५७.५९ बिन्दुमा रोकिएको छ ।

३०९ कम्पनीको २ करोड २० लाख ४७ हजार ३२७ कम्पनीको ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार ५२० रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । लगानीकर्ताको ध्यान बैंक, जलविद्युत कम्पनीमा बढी परेको छ । जीवन बिमा, उत्पादन तथा प्रशोधन समूहका कम्पनीमा पनि लगानीकर्ताको आकर्षण देखिएको छ ।

कारोबारमा २०१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३६ वटाको घटेको छ । कारोबारमा रिडी पावर कम्पनी र माण्डू हाईड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु