सिजी मोटर्स चार्जिङ पूर्वाधारमा आक्रमक, १७५ सञ्चालनमा ल्यायो, दोब्बर बनाउने तयारी



काठमाडौं । ‍सिजी मोटर्सले नेपालभर १७५ भन्दा बढी चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ ।

कम्पनीले आक्रमक रुपमा चार्जिङ पूर्वाधार विस्तार गरिरहेको छ । निकट भविष्यमा नै दोब्बर चार्जिङ स्टेसन बनाउने गरी काम गरिरहेको छ । नेपालकै सबैभन्दा ठूलो चार्जिङ नेटवर्क र आफ्नो उत्कृष्ट सर्भिस तथा पार्टस सेवाका कारण, सिजी मोटर्सले आफ्नो ब्रान्ड छविलाई निरन्तर उचाइमा पुर्‍याइरहेको कम्पनीको दाबी छ ।

बालाजु यातायातका सोम प्रसाद तुलाचनले सिजी मोटर्सको चार्जिङ नेटवर्कले सहज यात्रामा सहयोगी भएको बताए । ‘समय समयमा मेरो गाडीहरु काठमाडौं भन्दा बाहिर जाने गरेको छ। सिजीको सर्भिस नेटवर्कले गर्दा कुनै समस्या हुदैन, ढुक्कसँग गाडी पठाउन सक्छु,’ उनले भने ।

सिजी मोटर्सले आफ्नो ग्राहकहरूको सन्तुष्टिलाई पहिलो प्राथमिकता दिएको छ। सर्भिस सेन्टरहरुमा उच्च प्रशिक्षित प्राविधिकहरूले हरेक किङलङ र केवाइसी ईभी भ्यानको ध्यानपूर्वक मर्मत र सेवा गर्ने सुनिश्चित गर्दछन् ।

अन्नपूर्ण यातायातका तोयनाथ पोखरेलले सिजी मोटर्सले  भ्यान किन्न र मर्मत गर्न सजिलो बनाइदिएको बताए ।  ‘ चार्जिङ स्टेसनहरूको संख्या बढ्दै जाँदा र सेवा शुल्क कम हुनु हाम्रो लागि यो परिवर्तनकारी भएको छ। काठमाडौँमा ३ वटा स्थानमा सिजीको सर्भिस स्टेशन राखेकाले  हामीलाई जुन कुनै स्थानहरुबाट सहजै  सर्भिस तथा स्पेयर उपलब्ध हुने हुदाँ हामी ढुक्क छौं,’ उनले भने ।

सिजी मोटर्सको रोडसाइड असिस्टेन्स सेवा उपलब्ध छ । जसले गर्दा कुनै पनि ठाउँमा, सवारीसाधनलाई छिटो र प्रभावकारी  सेवा तथा सहयोग गर्न कम्पनी सधैं तयार छ ।

गंगामहासागर यातायातका नारायण श्रेष्ठकाअनुसार किङलङ भ्यानहरूको उच्च ग्राउण्ड क्लियरेन्स र गाडीको संरचनाले यातायात सेवाको लागि अब्बल छ। सिजी मोटर्सको बढ्दो सर्भिस पूर्वाधारले थप गाडी खरिद गर्न प्रोत्साहन गरेको छ ।

सिजी मोटर्सको नेपालभर १५ भन्दा बढी सर्भिस स्टेसन  छ। विर्तामोड, इटहरी, लाहान, जनकपुर, सिन्धुली, सुर्खेत, विरगंज, हेटौंडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी साथै काठमाडौँमा, हात्तिवन, चावहिल र भक्तपुरमा सर्भिस स्टेसन छ ।


क्लिकमान्डु