यो साता सेयर बजार कता जान्छ ?



काठमाडौं । सरकार परिवर्तनका कारण गत साता सेयर बजार उकालो लाग्यो । गत साता आइतबारदेखि विहीबारसम्म पाँच दिनको कारोबारमा चार दिन बजार उकालो लाग्यो भने सोमबार एक दिनमात्र बजार घटेको थियो ।

गत सातको बजारको उतार चढावको आधारमा यो साता सेयर बजार कता जान्छ भन्ने प्राविधिक विश्लेषण गरिएको छ । तर, लगानीकर्ताले लगानी गर्नु अगाडि आफ्नो लगानी क्षमता तथा जोखिम वहन गर्नसक्ने क्षमताको आधारमा लगानी गर्नु पर्दछ ।

किनकि सेयर बजारमा लगानी गर्नको लागि प्राविधिक विश्लेषणमा मात्रै भर पर्न सकिँदैन । सेयर बजारमा राजनीतिक तथा आर्थिक एवं लगानीकर्ताको मनोविज्ञान आदिले धेरै असर पार्दछ । त्यसमाथि नेपालको सेयर बजारमा धेरै हल्ला अनि थोरैमात्र प्राविधिक विश्लेषणको आधारमा हुने भएका कारण लगानीकर्ताले विशेष सावधानी अपनाउनु आवश्यक छ ।

तर, प्राविधिक विश्लेषण लगानीकर्ताको लागि बजारमा संयमतापूर्वक लगानी गर्न एउटा उपयुक्त औजार हो ।

यो साता नयाँ सरकार बन्ने हुनाले नयाँ अर्थमन्त्री को बन्छ भन्ने आधारमा पनि बजार घटबढ हुने देखिन्छ । तर, यस विश्लेषणमा गत साताको बजारको गतिको आधार लिइएको छ । पिभोट प्वाइन्टको आधारमा यो साता सेयर बजार बढ्नका लागि कहाँ कहाँ प्रतिरोध आउन सक्छन् र बजार घट्दा कहाँ कहाँ आधार हुन सक्छन् त्यसको विश्लेषण गरिएको छ ।

गत साताको सेयर बजारको उतार चढावको आधारमा यो साताको पिभोट बिन्दु २१७१.६८ हुन आउँछ । त्यसैले यो साता बजार उकालो लाग्दा पहिलो प्रतिरोध २२३७.५४ बिन्दुमा आउँछ ।

यदि बजारले यो पहिलो प्रतिरोध २२३७.५४ बिन्दु पार गर्न सफल भए दोस्रो प्रतिरोध २२७०.४६ बिन्दुमा आउँछ ।

तर, यदि बजार ओरालो लाग्न थालेको खण्डमा पहिलो आधार २१३८.७६ बिन्दुमा आउँछ । यदि सेयर बजार २०५९.३३ बिन्दुभन्दा पनि तल ओरालो लागे दोस्रो आधार अर्थात् टेको २०७२.९० बिन्दुमा हुन्छ ।

पिभोट बिन्दु एक प्राविधिक विश्लेषण सूचक हो । यसलाई हरेका दिनको उतार चढावको कारोबारको आधारमा अर्को दिन समग्र बजारको प्रवृत्ति निर्धारण गर्न प्रयोग गरिन्छ । पिभोट पोइन्ट आफैंमा एकैदिनको कारोबार (इन्ट्राडे) उच्च र कमको औसत, र अघिल्लो व्यापारिक दिनको बन्द बिन्दु हो ।

जसलाई गत साताको उच्च र कमको औसत र अघिल्लो कारोबार दिनको बन्द बिन्दुका आधारमा गणना गरेर यो विश्लेषण गरिएको हो ।

प्रतिरोध भनेको बजार उकालो लाग्दा रोकिने बिन्दु हो भने आधार भनेको ओरालो लाग्दा रोकिने बिन्दु हो । बजार उकालो लाग्दा बढ्न रोकिने बिन्दुबाट घट्न सुरु गर्दछ र उल्टो हुन्छ, र बढ्न थाल्छ । किनकि यस बिन्दुमा, लगानीकर्ताले बढ्दो बजारहरूबाट लाभ लिन सक्छन् ।

पिभोट बिन्दुहरू प्राविधिक विश्लेषणको आधारभूत उपकरण हुन् । जुन वित्तीय बजारमा सम्भावित उकालो वा ओरालो निर्धारण गर्न लगानीकर्ताद्वारा व्यापक रूपमा प्रयोग गरिन्छ ।

पिभोट पोइन्ट क्याल्कुलेटर एउटा प्राबिधिक उपकरण हो । जसले कुनै पनि समयमा उच्च, कम र नजिकको बिन्दु अनुमान गर्दछ ।

आधार तथा र ’प्रतिरोध’ दुई सम्बन्धित स्तरहरूको लागि सर्तहरू हुन् । जुन बजारको कारोबारको दायरालाई सीमित गर्न देखिन्छ । आधार स्तरमा बजारको नियमित गिरावट रोकिन्छ र ब्याक अप बाउन्स हुन्छ, जबकि प्रतिरोधको अवस्थामा बजार सामान्यतया बढ्दै जान्छ र फिर्ता तल झर्छ ।

तर, लगानी गर्दा कुनै पनि प्राविधिक सूचक सही छैन भन्ने तथ्यलाई ध्यानमा राख्नु पर्दछ । किनकि यी संकेत चेतावनी मात्र हुन् ।

(गत साता आइतबारको ओपनिंग विन्दु, उच्च विन्दु, न्यून विन्दु, क्लोजिंग विन्दुको सहायताले पिभोट प्वाइन्ट हिसाबको आधारमा प्राबिधिक विश्लेषण गरिएको छ । पिभोट प्वाइन्ट विश्लेषणले हरेक दिनको कारोबारको आधारमा अर्को दिनको विश्लेषण पनि गरिन्छ । यस विधीमार्फत साताको प्राबिधिक विश्लेषण गरिएको छ । यो विशुद्ध प्राबिधिक विश्लेषण भएका कारण यसमा गरिएको प्राविधिक विश्लेषणको आधारमा सेयर बजारमा कारोबार गर्दा जोखिमको दायित्व लगानीकर्ता स्वयंको हुनेछ । क्लिकमान्डु यसका लागि कुनै जिम्मेवार रहने छैन । सेयर बजारको जोखिमलाई ध्यानमा राखेर लगानी गर्न अनुरोध गरिन्छ ।)


क्लिकमान्डु