बतासले मनिपालमा बनायो ७२ बेडको आईसीयु कक्ष, उपचार खोज्न काठमाडौं जानु नपर्ने



काठमाडौं । बतास समूहले पोखराको मनिपाल अस्पतालमा ७२ शैयाको आईसीयू निर्माण गरेको छ । अस्पतालको आईसीयू कक्षको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।

अस्पतालका अनुसार नेपालमै पहिलो अत्याधुनिक तथा बहुआयमिक लेबल ३ को ७२ शैयाको सघन उपचार कक्ष (आईसीयू) निर्माण भएको हो । नवनिर्मित सघन उपचार कक्ष बिरामीहरुको सुरक्षार्थ केद्रिकृत नियन्त्रण प्रणालीमा आधारित हुनुका साथै २ वटा कक्ष कुनै नकारात्मक असर नगर्ने आईसोलेसन र ३ वटा सघन उपचार कक्ष क्याबिन पनि छन् ।

अस्पतालले अब उत्कृष्ट सेवाका लागि कोही गम्भीर बिरामीहरु काठमाडौं जानुपर्ने स्थिति रहने छैन ।

नवनिर्मित सघन उपचार कक्षमा रहेका प्रत्यक शैयामा मोनिटर, भेन्टिलेटर, ईसीजी मेसिन, युएसजी तथा इको प्रणाली जडित छन् जसले गर्दा बिरामीहरुलाई धेरै सहज हुनेछ ।सघन उपचार कक्षमा २४ सै घण्टा क्रिटिकल केयर सम्बन्धि डाक्टरको सेवा उपलब्ध हुनेछ भने विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नर्स र बिरामीको अनुमात मिलाई नर्सिङ सेवाको व्यवस्था मिलाईएको छ ।

उक्त कक्षमा कार्यरत सम्पुर्ण नर्सहरु पनि क्रिटिकल केयर प्रशिक्षित हुने अस्पतालले जानकारी दिएको छ । यसका अतिरिक्त अत्याधुनिक सघन उपचार कक्षमा संक्रमण नियन्त्रक नर्स डाईटिसियन र फिजियोथेरापिस्टको पनि उपस्थिति रहने छ ।

मणिपाल अस्पताल केही समयअघि मात्र बतास समूहले खरिद गरेको हो ।


क्लिकमान्डु