सेयर बजारमा हरियाली, परिसूचक २२ सय कट्यो



काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । निकै उतार चढाबका बिच बजारमा हरियाली छाएको छ ।

बजार मापन गर्ने सूचक २९.२१ अंकले बढेर परिसूचक २२०४.६१ बिन्दु कायम भएको छ । बिहीबार ३३१ कम्पनीको २ करोड २ लाख ३७ हजार ७८० कित्ता सेयर ७ अर्ब ८ करोड ६ लाख ९८ हजार १४६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा १५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ कम्पनीको घटेको छ । कारोबार माइक्रोफाइनान्स समूहको उपसूचक २५.९१, ट्रेडिङ समूहको उपसूचक ११.९५ अंकले घटेको छ भने बैंकिङ समूहको २८.२७, विकास बैंक ७.९२, होटल ३३.६३, जलविद्युत ३७.७९, जीवन बिमा ३१८.६९, उत्पादन तथा प्रशोधन ४.७५, निर्जीबन बिमा समूहको १११.९० र अन्य समूहको २५.४२ अंकले बढेको छ ।

यो दिन बैंकमा लगानीकर्ताको आकर्षण निकै बढेको छ । कारोबारमा बलेफी हाईड्रोपावर, जानकी फाइनान्सका लगानीकर्ताले कमाएका छन्् भने समाज लघुवित्त, साधाना लघुवित्त, गुडविल फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु