पोखरामा स्क्वायर मोटर्सको टीभीएस शोरुम



पोखरा । स्क्वायर मोटर्स प्राइभेट लिमिटेडले पोखरामा आफ्नो नयाँ टीभीएस शोरूम उद्घाटन गरेको छ । असार २६ गते आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा माननीय महानगर प्रमुख धनराज आचार्यले रिबन काटेर शोरुम उद्घाटन गरेका थिए ।

स्क्वायर मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कुटर मागहरु पूरा गर्ने उद्देश्य राखेको छ । जसमा विभिन्न टीभीएस मोडेलहरू उपलब्ध गराइनेछ। त्यति मात्र नभई टीभीएस सवारी साधनहरूको प्रदर्शनसँगै शोरूमले स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भारसहित थुप्रै सेवाहरू प्रदान गर्नेछ।

पोखरामा टीभीएस उत्साहीहरुलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता स्क्वायर मोटर्सका सञ्चालकहरू बिनोज पोते र आदर्शमान श्रेष्ठले जनाएका थिए ।

जगदम्बा मोटर्स प्रालि, नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ ।

गुणस्तरीय उत्पादन, नयाँ प्रविधिको प्रयोग, बिक्रीपछिको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारण नै टीभीएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित भएको छ ।


क्लिकमान्डु