सूर्योदय वोमी लघुवित्तले ४७ लाखको एफपीओ निष्ष्कासन गर्दै



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले साउन ४ गतेदेखि प्रतिकित्ता सय रुपैयाँका दरले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ बराबरको ४६ हजार ७२९.५४ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ निष्कासन गर्न लागेको जनाएको छ ।

एफपीओमा साउन ८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा साउन १८ गतेसम्म आवेदन दिन सकिने छ ।

एफपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
यसमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।


क्लिकमान्डु