सरकारी खातामा २ खर्ब ५१ अर्ब नगद मौज्दात थुप्रिँदासमेत निर्माण व्यवसायीले ६० अर्ब पाएनन्



काठमाडौैं । सरकारको खातामा २ खर्ब ५१ अर्ब ५५ करोड रुपैयाँ नगद थुप्रिँदासमेत निर्माण व्यवसायीले भने काम गरेको ६० अर्ब रुपैयाँ भुक्तानी पाएका छैनन् ।

नेपाल राष्ट्र बैैंकले सार्वजनिक गरेको जेठ मसान्तसम्मको तथ्यांक अनुसार सरकारका विभिन्न खातामा २ खर्ब ५१ अर्ब ५५ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारकोसमेत) नगद मौज्दात रहेकाे छ । सरकारी खातामा २०८० असार मसान्तमा यस्तो नगद मौज्दात ६५ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो ।

सरकारी खातामा नगद मौज्दात रहँदासमेत निर्माण व्यवासायीलाई भुक्तानी नगर्दा विकास निर्माणको काम भने प्रभावित भइरहेको छ । सरकारले चालु आर्थिक वर्षमा काम सकेका विभिन्न आयोजनाको भुक्तानी नगरेको निर्माण व्यवसायी महासंघले जानकारी दिएको छ ।

निर्माण व्यवसायीका अनुसार यस्तो रकम गर्त आर्थिक वर्ष २०७९/८० देखिकै बाँकी रहेको छ ।


क्लिकमान्डु