रवि लामिछानेले सहकारी मात्र होइन पार्टी पनि ठगे: मुकुल ढकाल



रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेमाथि सहकारी ठगी र पासपोर्टको विषयमा पनि पार्टीले छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले रवि लामिछानेले सहकारी मात्र नभएर पार्टीमा पनि ठगी गरेको आरोप लगाएका छन् ।

पार्टीले महामन्त्री र केन्द्रीय सदस्यबाट निलम्बन गरेपछि आक्रोशित ढकालले बुधबार पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेमाथि कयौं आरोप लगाएका छन् ।

ढकालले सभापति रवि लामिछानेले पार्टीभित्र अपारदर्शी आर्थिक क्रियाकलाप जारी राखेको आरोप लगाए । लामिछानेले सहकारी मात्र नभएर पार्टीमा पनि ठगेको उनको आरोप छ । ‘रवि लामिछानेले सहकारी मात्र होइन पार्टी पनि ठगेका छन्,’ ढकालले भने ।

लामिछानेले ऋण तिर्नका लागि पार्टी कोषबाट पनि पैसा लगेको आरोप लगाए । केन्द्रीय समितिको निर्णयबिना कुनै ऋण वा लगानी गर्न नपाउने उनले बताए ।

पार्टीका जिम्मेवार पदाधिकारीलाई कुनै भुक्तानी नदिन भन्दै पारदर्शी रूपमा हरहिसाब राखेर मात्र खर्च गर्ने व्यवस्था गर्न उनले आग्रह गरे ।


क्लिकमान्डु