सेयर बजारमा हरियाली, पौने ६ अर्बको कारोबार



काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ ।

बजार मापन गर्ने सूचक २३.२५ अंकले बढेर परिसूचक २१७५.४० बिन्दु कायम भएको छ ।

३२२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता सेयर ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा १९४ कम्पनीको सेयर मूल्य बढेको छ भने ४६ कम्पनीको घटेको छ । कारोबारमा विकास बैंक समूहको उपसूचक १३.२० अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । यो दिन वाणिज्य बैंकमा सेयर लगानीकर्ताको ध्यान बढी केन्द्रित भएको छ ।

कारोबारमा बलेफी हाईड्रोपावर, किसलेस हाईड्रोपावर, एनआईसी एशिया लघुवित्तका लगानीकर्ताले कमाएका छन् ।
कारोबारमा बुद्धभुमी हाईड्रोपावर कम्पनीको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त, ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु