रिलायन्सको आईपीओ अनिश्चितकालका लागि रोकियो, नयाँ अध्यक्षले निर्णय गर्ने



काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोकेको छ । बोर्डले अर्को सूचना नआएसम्म आईपीओ हाललाई स्थगत गरेको हो ।

बोर्डका अध्यक्ष नरेन्द्रकुमार रानाको निर्णयअनुसार अर्को सूचना नआएसम्म सर्वसाधारणलाई जारी हुन लागेको आईपीओ रोकिएको हो ।

बुक बिल्डिङबाट जारी भएको आईपीओ दोस्रो चरणमा वैदेशिक रोजगारीमा जानेका लागि बिहीबार आवेदन खुल्ने तयारी थियो ।

तर, तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा कैफियत देखिएपछि बोर्डमा आईपीओबारे छलफल चलेको थियो ।

हालका लागि रोक्का गरिएको आईपीओ कहिले खुल्ने टुंगो छैन । स्रोतका अनुसार बोर्डमा नयाँ अध्यक्ष नियुक्त भएपछि मात्र आईपीओ जारीबारे निर्णय हुनेछ ।

सर्वसाधारणलाई प्रतिकित्ता ८२० रूपैयाँ ८० पैसामा जारी हुन लागेको आईपीओको मूल्यमा चलखेल भएको चौतर्फी चर्चापछि मंगलबारमात्रै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिललाई आइपिओ जारी गर्न दिने निर्णय कसरी गरियो भन्ने विषयमा नेपाल धितोपत्र बोर्डसँग स्पष्टीकरण सोधेको छ ।

लेखा समितिले रिलायन्सलाई बुक बिल्डिङमार्फत आइपिओ निष्काशन गर्दा मूल्य कसरी तय गरियो भन्ने विषयमा सात दिनभित्र स्पष्ट पार्न धितोपत्र बोर्डलाइ निर्देशन दिएको हो ।


क्लिकमान्डु