अवरुद्ध डुम्रे-बेँसीसहर सडक सञ्चालन



लमजुङ । पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुलेको छ ।

मङ्गलबार साँझदेखिको वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका– १ अँधेरिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले पहिरो पन्छाएर आज बिहान ११ बजेपछि सडक सञ्चालन भएको बताए ।

सडक अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौँ, पोखरा र चितवन र ती स्थानबाट बेँसीसहरका साथै मनाङ जाने यात्री प्रभावित भएका थिए ।


क्लिकमान्डु