मौद्रिक नीति बैंक र व्यवसायी दुवै बचाउने सञ्जीवनी बुटी बनोस्: चन्द्र ढकाल



काठमाडौं । नेपाला उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मौद्रिक नीति बैंक र व्यवसायी दुवै बचाउने सञ्जीवनी बुटी बन्नु पर्ने उल्लेख गरेका छन् ।

मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग महासंघले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा अध्यक्ष ढकालले आगामी आर्थिक वर्षको मौद्रिक नीति व्यवसायी तथा वित्तीय क्षेत्रलाई बचाउने गरि आउनु पर्ने बताएका हुन् ।

‘व्यवसायी र बैंक तथा वित्तीय संस्था दुवैलाई बचाउने सञ्जिवनी बुटी मौद्रिक नीति बनोस्,’ उनले भने ।

उनले सबै ऋणीले नियतबस कर्जा नतिरेको नभइ वास्तविक रुपमै समस्यामा परेर तिर्न नसकेको बताए ।

‘सबै ऋणी नियतबस डिफल्ट भएका होइनन्’, ढकालले भने, ‘वास्तवमै समस्यामा परेर कर्जाको सावाँ ब्याज तिर्न नसकेका हुन्।’

उनले कर्जा चुक्ता गरेलगत्तै व्यवसायी तथा कम्पनीलाई कालोसूचीबाट हटाउने व्यवस्था गर्नुपर्ने बताए ।

बन्द भएका उद्योगलाई कर्जा चुक्तामा सहजीकरण गर्नुपर्ने ढकालको सुझाव छ ।


क्लिकमान्डु