प्रभु बैंकका ग्राहकलाई एयरपोर्ट नजिकैको ‘टी थ्री’ रेष्टुरेण्टमा छुट



काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको ‘टी थ्री’ ग्रुप (थकाली एन्ड कुजिन र साइनो तन्दुरी एन्ड सेकुवा कर्नर)ले विशेष छुट दिने भएको छन् ।

टी थ्री ग्रुप प्रालिका अध्यक्ष एवं कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु बैंकको तर्फबाट बागमती प्रदेश शाखा प्रमुख विकास शर्मा गुरागाईँले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रेस्टुरेण्टमा उपलब्ध सबै सेवामा १० प्रतिशत छुट दिइने भएको हो ।


क्लिकमान्डु