कलंकीको बज्रयान सहकारीबाट सवा ११ करोड ठगी: १ पक्राउ, ६ जना फरार



काठमाडौं । काठमाडौंको कलंकीमा रहेको बज्रयान बहुउद्देश्यीय सहकारीले बचतकर्ताको सवा ११ करोड रुपैयाँ बढी ठगेको छ ।

बचतकर्ताको ११ करोड ३० लाख ३० हजार ४३५ रुपैयाँ ठगेर सहकारीका अध्यक्षसहित ६ जना फरार रहेका छन् भने १ जना पक्राउ परेका छन् ।

बचतकर्तालाई ठगेर पक्राउ पर्नेमा सहकारीका लेखा समिति सदस्य ५६ बर्षका रविन्द्र बज्राचार्य रहेका छन् ।

बचतकर्ता ठगेर फरार हुनेमा सहकारीका अध्यक्ष राज कुमार घिमिरे, उपाध्यक्ष अरुण प्रकाश श्रेष्ठ, कोषाध्यक्ष शतिशचन्द्र श्रेष्ठ, सञ्चालक समिति सदस्य राजुभाइ महर्जन, सञ्चालक समिति सदस्य रिवन कार्की र पूर्वअध्यक्ष हालका कार्यकारी प्रमुख गौरीप्रभा श्रेष्ठ रहेकी छिन् ।

उनीहरुले १५७ जना बचतर्कताको ११ करोड ३० लाख ३० हजार ४३५ रुपैयाँ ठगेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा उनीहरुले मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा १ र २ बमोजिम कसुर गरेको पुष्टी भएको प्रहरीले जनाएको छ । सहकारी ठगीमा संलग्न भएको आरोपमा ७ जनाविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा ३ को खण्ड ग बमोजिम सजाय र उक्त ठगीको बिगो रकम माग दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।


क्लिकमान्डु