आईपीओ निष्कासन गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सको नाफा साढे २ करोड मात्र, ईपीएस २ रुपैयाँ



काठमाडौं । बुक बिल्डिङ विधि मार्फत साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सले चालु आर्थिक वर्षको ९ महिनामा २ करोड ६३ लाख २३ हजार ६२ रुपैयाँ नाफा आर्जन गरेको छ ।

कम्पनीले बुक बिल्डिङ विधि मार्फत सर्वसाधारणलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० का दरले असार २७ गतेदेखि सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्कासन गरिसकेको छ ।
कम्पनीको अन्य वित्तीय दायित्व १ अर्ब ८२ करोड ५० लाख रहेको जनाएको छ । चैत मसान्तसम्म कम्पनीले ७ अर्ब २१ लाख ४६ हजार रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीको अन्य नाफा २ करोड १४ लाख ७६ हजार रुपैयाँ रहेको छ भने वित्तीय खर्च ३७ करोड ३३ लाख ९८ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

१ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य पुँजी ५ अर्ब ३२ करोड १६ लाख ३५ हजार रुपैयाँको रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २.०८ रुपैयाँ रहेको छ । कम्पनीको नेटवर्थ १७९ रुपैयाँ ४५ पैसा रहेको छ ।


क्लिकमान्डु