भारतमा ४ नेपालीको घाँटी रेटेर विभत्स हत्या, एकको पहिचान



काठमाडौं । भारतको मेघालयमा ४ नेपालीको घाँटी रेटेर हत्या भएको छ । मेघालयको एक कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या भएको अपुष्ट खबर प्राप्त भएको छ । उनीहरू धरान–भोजपुर क्षेत्रका भएको भारतीय सञ्चारमाध्यममा बताइएको छ ।

हालसम्म मृत्यु हुने एक जनाको पहिचान भएको बताइएको छ । उनी इलाम घर भएका २३ वर्षीय रवि राई रहेको भारतीय सञ्चारमाध्यामहरूले बताएका छन् । मृत्यु हुने अरू ३ जनाको परिचय खुल्न बाँकी छ ।


क्लिकमान्डु