बाढीका कारण ६४० मेगावाटका आयोजना पूर्ण रुपमा बन्द



काठमाडौं । अबिरल वर्षासँगै नदीहरुमा आएको बाढीका कारण देशभरका जलविद्युत् आयोजनाहरु प्रभावित भएका छन् ।

अबिरल वर्षाका कारण आएको बाढीले नेपाल विद्युत प्राधिकरण र यसका सहायक कम्पनीको मात्रै ५२६ मेगावाट क्षमताका परियोजना पूर्ण बन्द भएका छन् । बाढीले असर पुर्‍याएका कारण आयोजनाहरु पूर्ण रुपमा बन्द भएको हो ।

प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विहान १ बजेर ४३ मिनेटपछि पूर्ण रुपमा बन्द गरिएको छ। ६० मेगावाटको युटीथ्री ‘ए’ जलविद्युत आयोजना विहान ४ बजेर १० मिनेटपछि पूर्ण रुपमा बन्द छ । १० मेगावाटको सुनकोसी विहान साढे ८ बजेबाट बन्द गरिएको छ ।

निजी क्षेत्रका ३६ मेगावाटको बलेफी, २० मेगावाटको मोदी, १५ मेगावाटको मध्य मोदी र ४० मेगावाटको अपर चमेलिया गरी ११४ मेगावाट गरी ६४० मेगावाटका प्लान्ट बन्द भएका छन् ।

बाढीका करण केहि आयोजनाहरु आंशिक रुपमा चलिरहेका छन् । सोलु दुधकोसी (५० मेगावाट), लिखु-१ (४७ मेगावाट), लिखु-२ (२९मेगावाट), मिडल तमोर (३८ मेगावाट), मोदी (७ मेगावाट, त्रिशुली (६ मेगावाट), देवीघाट (५ मेगावाट), चमेलिया (१४ मेगावाट) आंशिक रुपमा चलिरहेका छन् ।


क्लिकमान्डु