आन्तरिक उडान प्रभावित हुँदा विमानस्थलमा थेगिनसक्नुको यात्रु चाप, माउन्टेन फ्लाइट ठप्प




काठमाडौं । शनिबार विहानैदेखि परेको भारी वर्षाका कारण काठमाडौं विमानस्थलबाट हुने अधिकांश उडान प्रभावित भएको छ । भारी वर्षका कारण उडान हुन नसक्दा भएको ढिलाईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा यात्रुको थेगिनसक्नुको चाप बढकोे छ ।

काठमाडौैंका बाहिर जाने आन्तरिक उडान वर्षाको कारण प्रभावित हुँदा यात्रुलाई समस्या परेको त्रिभुवन अन्तर्र्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । उनका अनुसार काठमाडौंसहित बाहिरका जिल्लाहरुमा मात्रै भिजुलअ फ्लाइट हुन सकेको छैन भने प्रविधिको सहायताले हुने इन्टुमेन्टल फ्लाइट (आइएफआर)मात्रै भएको छ । जसका कारण उडानमा ढिलो हुनुका साथै यात्रुको चाप बढेको छ ।

काठमाडौं बाहिरका विमानस्थलबाट पनि उडान हुन सकेको छैन । वर्षातको कारण भिजिबिलीटी कम हुँदा काठमाडौं बाहिरका जिल्लासहित तराई क्षेत्रका विमानस्थलबाट समेत उडान हुन नसक्दा विमानस्थलहरुमा यात्रुको चाप थेगिनसक्नु भएको पनि आन्तरिक टर्मिलन विभागले जानकारी दिएको छ ।

काठमाडौैंबाट शनिबार हुने पर्वतीय उडन सबै प्रभावित भएको छ । आन्तरिक उडानका वायुसेवा कम्पनीले त्रिभुवन अन्तर्र्राष्ट्रिय विमानस्थलबाट माउन्टेन फ्लाइट गराउने र यात्रुलाई हिमाल देखाएर विमानस्थलमा नै अवतरण गर्ने कार्य वर्षातकै कारण प्रभावित भएको छ ।

त्रिभुवन अन्तर्र्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्र्राष्ट्रिय उडान तथा अवतरण भने भइरहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । विमानस्थल कार्यालयका अनुुसार वर्षातको समयमा यात्रुको हिँडडुल कम हुने भएकोले वायुसेवाको उडान तालिका पनि घटेको हुन्छ । तर, उडानै नहुँदा एक पछि अर्को उडानका यात्रुको चाप विमानस्थलमा बढ्दै जानुले आन्तरिक टर्मिनलमा भिडभाड बढेको हो ।


क्लिकमान्डु