सिद्धार्थ बैंक र हेयर एन्ड शान्ति ब्युटिपार्लरबीच छुट सम्झौता



काठमाडौं । सिद्धार्थ बैंक र हेयर एन्ड शान्ति ब्युटिपार्लरबीच छुटसम्बन्धी सम्झौता भएको छ । देशभर रहेका हेयर एन्ड ब्युटिपार्लरका १३ शाखामा बैंकका ग्राहकले छुट पाउने सम्झौतापत्रमा उल्लेख छ ।

छुट प्राप्त गर्न बैंकका ग्राहकले कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्नुपर्नेछ । यसरी भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

यो सम्झौताले ग्राहकलाई सुविधा सँगसँगै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।


क्लिकमान्डु