सहकारी छानबिन समितिले गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलायो



काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले गृहसचिव र प्रहरी महानिरीक्षकलाई छलफलमा बोलाएको छ ।

शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई छलफलका निम्ति बोलाइएको हो ।

सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा बैठक भोलि बैठक बस्नेछ ।

समितिले अनुसन्धान गरिरहेको सहकारीको अवस्थाबारे उनीहरूसँग जानकारी लिइने छ ।


क्लिकमान्डु