सांसदहरुको माग सम्बोधन हुनेगरी मन्त्रालयगत बजेट विनियोजन गरेको छुः मन्त्री बुढा



काठमाडौं । सहरी विकासमन्त्री धनबहादुर बुढाले आफूले सांसदहरुको माग सम्बोधन हुने गरी मन्त्रालयगत बजेट विनियोजन गरेको बताएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरुले मन्त्रालयगत बजेटमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन् । मन्त्री बुढाले बजेट विनियोजनमा क्षेत्रीय सन्तुलन, मानव विकास सूचकांक, सहरी विकास रणनीति, सरकारको नीति तथा कार्यक्रम र १६ औं पञ्चवर्षीय योजनाले दिशा निर्देश गरेको विषयहरुलाई आधार बनाइएको पनि बताए ।

यस्तै उनले जनता आवास कार्यक्रम संचालन गर्ने जिम्मेवारी प्रदेश सरकारलाई दिइएको पनि जानकारी दिए । मन्त्री बुढाले भने, ‘जनता आवास कार्यक्रमको जिम्मेवारी प्रदेश सरकारलाई दिइएको छ । माननीयज्यूहरुले माग गर्नुभएको कार्यक्रम सम्बोधन गर्ने प्रयास गरेको छु । बजेट विनियोजनमा क्षेत्रीय सन्तुलनको अतिरिक्त मानव विकास सूचकांक, सहरी विकास रणनीति, सरकारको नीति तथा कार्यक्रम र १६ औं पञ्चवर्षीय योजनाले दिशा निर्देश गरेका विषयहरुलाई आधार बनाइएको छ ।’

मन्त्री बुढाले मन्त्री निवास, संघीय संसद भवन निर्माणलगायतका ठूलो परियोजनाहरु रहेकाले वागमती प्रदेशमा अन्य प्रदेशमा भन्दा बढी बजेट विनियोजन गरिएको देखिएको बताएका थिए ।


क्लिकमान्डु