एउटा भन्दाबढी सहकारीको सन्चालक भए विभागले कारबाहि गर्ने



काठमाडौं । एक महिनापछि एउटा भन्दा बढी सहकारीमा सञ्चालक बस्नेलाई सहकारी विभागले कारबाही गर्ने भएको छ ।

विभाग सहकारी संघ संस्थालाई गर्दै यस्तो जनाएको हो । सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा (५) मा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ भन्ने व्यवस्था रहेको स्मरण गराएको छ ।

यो ब्यबस्था पूर्ण पालना गर्न गराउन सबै सहकारीलाई निर्देशन जारी गरेको छ । कुनै व्यक्ति दुई वा सो भन्दा बढी संस्थाको सञ्चालक रहेको भए निर्देशन जारी भएको ३० दिनभित्र एउटा संस्थाको मात्र सञ्चालक पद कायम राखी अन्यको त्याग गर्न भनेको छ । अन्यथा कानून बमोजिम कारवाही प्रक्रिया अगाडी बढाईने जनाएको छ ।

सहकारी बैंकमा भएको सन्चालक समेत अन्य संस्थामा हुन नपाउने भएका छन् ।


क्लिकमान्डु