प्रतिकिलो ४ रुपैयाँले महँगियो नुन, नयाँ मूल्य कति ?



काठमाडौं । भोलिदेखि नुनको मूल्य प्रतिकिलो २६ रुपैयाँ पर्ने भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले मंगलबार रातिदेखि लागु हुने गरी मूल्य बढाएको हो ।

कम्पनी सञ्चालक समितिको निर्णयअनुसार भोलिदेखि बजारमा प्रतिकिलो २६ रुपैयाँमा आयोनुन पाइने भएको हो ।

थोक बिक्री मूल्य अनुसार आयो नुन प्रतिकिलो २३ रुपैयाँ र न्यू शक्ति नुन प्रतिकिलो १७ रुपैयाँ कायम गरिएको छ ।

उपभोक्ताका लागि आयो नुन प्रति किलो २६ रुपैयाँ पर्दा न्यू शक्ति नुन प्रतिकिलो २० रुपैयाँ र भानु नुन ९ रुपैयाँ कायम पर्नेछ । यसअघि आयो नुनको थोक बिक्री मूल्य २० रुपैयाँ थियो भने खुद्रा मूल्य २२ रुपैयाँ थियो ।


क्लिकमान्डु