नयाँ सरकारका लागि भोलिसम्म मार्गप्रशस्त गर्न प्रचण्डलाई एमालेको आग्रह



काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँ सरकार गठनका निमित्त भोलिसम्म मार्गप्रशस्त गर्न आग्रह गरेको छ । नयाँ राजनीतिक घटना क्रम विकास भएको परिवेशमा एमालले प्रधानमन्त्रीलाई यस्तो आह्वान गरेको हो ।

मंगलबार बसेको सचिवालय बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउन योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।


क्लिकमान्डु