बचतकर्ताको करिब ३ करोड अपचलन गर्ने युनिटि सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ



काठमाडौं । बचतकर्ताको करिब ३ करोड अपचलन गर्ने युनिटि बचत तथा ऋण सहकारी संस्थाको संचालक समितिका अध्यक्ष र कोषाध्यक्ष पक्राउ परेका छन् ।

सदस्यको २ करोड ८३ लाख ११ हजार १६४ रुपैयाँ ठगेको भन्दै काभ्रेपलाञ्चोक जिल्ला साबिकको बनेपा नगरपालिका-६ अहिलेको बनेपा नगरपालिका-८ वाँख्योटोलमा रहेको युनिटि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णलाल शुद्दकार र कोषाध्यक्ष निरज राजवंशी पक्राउ परेका हुन् ।

बचतकर्ताहरुलाई ललाई फकाई बचतको सुरक्षा हुन्छ भनि विश्वासमा पारी बचत लिएको र फिर्ता माग्न जाँदा बचत फिर्ता नगरेको पीडितको गुनासो छ । प्रहरीले कानून बमोजिम ठगी मुद्धामा कारबाही गरी पाउँ भनी २ करोड ४३ लाख ११ हजार १६४ रुपैयाँ ठगी कसुर मुद्धामा मुद्धा दर्ता गरेको छ ।


क्लिकमान्डु