६ महिनामा ५ लाख ८३ हजार पर्यटक भित्रिए, अमेरिकाबाट आउने पर्यटक उत्साहप्रद



काठमाडौं । पछिल्लो ६ महिनामा नेपालमा ५ लाख ८३ हजार १६ जना पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२४ को पहिलो ६ महिनामा नेपाल आएका पर्यटकमध्ये सबैभन्दा बढी मार्चमा छन् ।

जुन महिनामा मात्रै ७६ हजार पर्यटक आएको तथ्यांक छ । यस अघिको ५ महिनामा नै ५ लाख ६ हजार पर्यटक आएका थिए ।

तथ्यांकअनुसार जुन महिनामा गत वर्ष सन् २०२३ को पहिलो ६ महिनाको तुलनामा ४ हजार बढी पर्यटक आएका छन् । यो तथ्यांक गत वर्षको ७२ हजार २५० जनाको तुलनामा जनुमा भित्रिएका ७६ हजार ७३६ जनाको पर्यटक आगमन ६.२ प्रतिशतले बढी हो ।

जुनमा आएका पर्यटकमध्ये सबैभन्दा बढी भारतबाट ३७ हजार ८३५ जना आएका छन् । भारतपछि धेरै पर्यटक नेपाल आउनेमा अमेरिकी छन । अमेरिकाबाट नेपालमा पछिल्लो एक महिनामा नै ८ हजार २ सय ८१ पर्यटक आएको तथ्यांकले देखाएको छ । गत वर्ष जुनमा अमेरिकाबाट ८ हजार ४७० जना पर्यटक नेपाल आएका थिए ।

नेपालमा अमेरिकाबाट आउने पर्यटक उत्साहप्रद रहेको छ । छिमेकी मुलुक भारतपछि खर्चालु पर्यटक आउने सूचीमा अमेरिका पर्छ ।

अमेरिकाबाट आउने पर्यटकले तुलतात्मक रुपमा बढी खर्च गर्ने भएकोले पनि अमेरिकासहित युरोपबाट आउने पर्यटकप्रति पर्यटन क्षेत्र उत्साहित हुने गरेको छ ।

कुन महिनामा कति पर्यटक भित्रिए


क्लिकमान्डु