बीआरआई सम्झौतालाई कार्यान्वयन गर्नुपर्छः सांसद श्रेष्ठ



काठमाडौं । नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठले बीआरआई सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले बीआरआई सम्झौता कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले बीआरआई परियोजनाको सम्बन्धमा विभिन्न टिप्पणीहरु हुने गरेको भन्दै सरकारले सम्झौता गरिसकेको कुरालाई कार्यान्वयन गर्नुपर्ने बताए । उनले सम्झौता कार्यान्वयन गर्ने कुरा दुई देशबीचको विश्वसनीयतासँग पनि सम्बन्धित भएको बताए ।

उनले भने, ‘दुई देशबीचको महत्वपूर्ण योजना हो । जसले नेपालको विकासमा धेरै ठूलो महत्व राख्छ । जुन एमओयुमा सम्झौता भएको छ, नेपालको हितलाई ध्यानमा राखेर अहिलेको सरकारले कार्यान्वयनसम्बन्धी जुन सम्झौता छ, यसलाई नेपालको हितमा अगाडि बढाउनुपर्छ । यसमा दुई मत छैन । त्यसको लागि दुई देशबीचको विश्वसनीयताको कुरा हो ।’

यससँगै सांसद श्रेष्ठले भारत लगायतका देशहरुसँग गरिएका सम्झौताहरुलाई पनि कार्यान्वयन गर्नुपर्ने बताए ।


क्लिकमान्डु