![](https://clickmandu.com/wp-content/uploads/2024/06/samsad.png)
काठमाडौँ । प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत भएको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।
उक्त विधेयकमाथि नेमकिपाका सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए । उनले राखेको संशोधन प्रस्तावलाई प्रतिनिधिसभाका बहुमत सदस्यहरुले अस्वीकृत गरेपछि विधेयक स्वत: पारित भएको हो ।
प्रतिक्रिया