लालीगुराँस सहकारीको सीइओ सुरेन्द्र भण्डारी पक्राउ



काठमाडौं। प्रहरीले लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सीइओ सुरेन्द्र भण्डारीलाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार भट्टराईलाई काठमाडौँको विशालनगरबाट पक्राउ गरिएको हो ।

लालीगुराँस सहकारीका सीईओ भण्डारी नै बचतकर्ताको पैसा चोरीमा संलग्न, ११ जनाविरुद्ध पक्राउ पुर्जी

लालीगुराँस सहकारीको ६ अर्ब रुपैयाँ अपचलन गरेको उनीमाथि आरोप लागेको छ । सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुन २०८० मा समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । उक्त सहकारीले बचतकर्ताकाे १० अर्ब भन्दा बढि ठगेकाे अभियोग छ ।

रकम अपचलन गरेको आरोपमा उनीबिरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइने एसएसपी भट्टराईले बताए ।

उनलाई अनुुसन्धानका लागि आईतबार म्याद थपका लागि अदालत लैजाने तयारी रहेकाे छ । भन्डारी नेपाली कांग्रेस सहकारी विभागका पूर्व सचिब हुन् । उनले बचतकर्ताकाे बचत निजि कम्पनीमा लगानि गरेर जनता ठगेका छन् । उनी केही समयदेखि फरार रहेका थिए ।


क्लिकमान्डु