बुध्दले ७२ सिट क्षमताको एटीआर थप्यो,जहाजको संख्या १८ पुर्यायो




काठमाडौैं । बुध्द एयरले एटीआर ७२–५०० नामको ७२ सिट क्षमताको जहाज थप गरेको छ । नयाँ जहाज थप गरेसँगैै अब बुद्धसँग जहाजको संख्या १८ वटा पुगेका छन् । काठमाडौंबाट सहरी क्षेत्रका विमानस्थमा मात्रै उडान गर्दै आएको यो वायुसेवा नेपालको उड्डयन क्षेत्रको मार्केट लिडर हो । १५ वटा एटीआर ७२ मात्रै रहेको यो कम्पनीसँग अर्को ३ वटा ४७ सिट क्षमताको एटीआर नै छ ।

ठूला जहाज संख्या र यात्रु क्षमताका हिसावले ठूलो कम्पनी भएको यो वायुसेवाको ६० प्रतिशतभन्दा बढीको बजार हिस्सा छ । सुगम क्षेत्रमा मात्रै उडान गनर्ने यो वायुसेवाले दिने यात्रुसेवा दैनिक बढ्दै गएको छ ।

बुध्दले थप गरेको नयाँ जहाजले अगामी साउन १ देखी सुर्खेत र धनगढीमा एक अतिरित्त उडान गर्ने भएको छ । हाल उडान भएकै गन्तव्यमा नयाँ जहाजले अतिरिक्त उडान गर्ने बुध्द एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णले जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ । अरु गन्तव्यमा पनि विस्तार गर्दै जाने भएको छ । यो वायुसेवाले जहाजको मर्मत–सम्भारसँगै उडान तालिका पनि प्रभावकारी बनाउँदै लगेको दाबी गरेको छ ।

बुध्द एयरले आज शुक्रबार थप गरेको नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पु¥याएर साउन महिनाबाट सेवा दिने भएको छ
हवाई उडानलाई सहज र सरल बनाउने प्रतिवद्धता अनुरुप बुध्द एयरले नयाँ जहाज थप गरेको बताएको छ ।

बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले ‘सहज सेवा र किफायति भाडासँगै उडान संख्यामा पनि उल्लेख्य वृद्धि हुँदै गएको बताए । धेरै जहाज र चाहेकै बेला पाइने उडान सेवाबाट यात्रुहरुले पनि समय अनुकल उडान गर्न सक्ने बुझाइ जोशीको छ ।


क्लिकमान्डु