इटलीमा अलपत्र वाइडबडी ‘सीचेक’ हुने, मन्त्रीको दबाबपछि जहाज बनाउन अनुमति



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति बिना नै इन्जिन बाहकेको सम्पूर्ण मर्मत (सीचेक)को लागि इटली पुगेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आवश्यक मर्मत गरेर फर्कने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री हितबहादुर तामाङले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितका सम्बन्धित पदाधिकारीलाई मन्त्रालयमा बोलाएर जहाज मर्मतमा सहजीकरण गर्न निर्देशन दिएका थिए ।

मन्त्रीको पटक पटकको दबाबपछि प्राधिकरणले निगमले बिना अनुमति इटली पुर्‍याएको ९ एन एएलवाई नामक वाइडबडी जहाजलाई सीचेक गर्न अनुमित दिएको छ । मन्त्री तामाङको पटक पटकको पहल र निर्देशनपछि नेपाल वायुसेवा निगमको वाइडबडी जहाजको सम्पूर्ण मर्मत हुने मन्त्रालयले जानकारी दिएको छ ।

पर्यटनमन्त्रीले वायुसेवा निगमका अध्यक्ष र उड्डयन प्राधिकरणका महानिर्देशकसँग पटक पटक छलफल गरेर उक्त गल्ती कमजोरी सम्बन्धित पदाधिकारीलाई गराएर अब जहाज ल्याउन आवश्यक मर्मतको प्रक्रिाय अगाडि बढाउने विषयलाई सहजीकरण गर्न निर्देशन दिएका दिए । मन्त्रीको निर्देशनपछि उक्त जहाजको मर्मत हुने र मर्मत संस्थाको रुपमा नेपाल नागरिक उड्डयन प्राधिरकणलेसमेत अनुमति दिने जानकारी मन्त्रालयको छ ।

उक्त वाइडबडी जहाज मर्मत पठाउँदा निगमले प्राधिकरणबाट अनुमति नपाएको संस्था रोजेको र जहाज पठाउँदा पनि निगले पूर्व स्वीकृतिसमेत नमागेको दाबी प्राधिरकणको छ । प्राधिकरणले निगमले उड्डयन सुरक्षामा खेलाँची गरेको भन्दै २ दिन अगाडि मात्रै निगमका कार्यकारी अध्यक्ष अधिकारीसहित ५ जना कर्मचारीलाई कारवाही गरेको थियो । प्राधिकरणले अधिकारीको एकाउन्टेबल म्यानेजर पद खोसेको थियो भने पाइलट तथा अपरसेन निर्देशकलाई जहाज उडान रोक लगाएको (ग्राउण्डेड) गरेको छ ।

निगमका पदाधिकारीमाथिको प्राधिकरणले गरेको कारवाही भने फुकुवा भएको छैन । प्राधिरकणले उक्त कारवाहीको विषयमा भने छानविन गरिरहेको छ । छानविन पछि मात्रै निगमका जिम्मेवार पाँच पदाधिकारीलाई गरेको कारवाहीको विषयमा निर्णय हुने प्राधिकरणको भनाइ छ ।

नेपाल नागरिक उड्डय प्राधिकरणका प्रवक्ता तथा उपमहानिर्देशक प्रेमनाथ ठाकुरले वाइडबडीको सीचेकका लागि प्राधिकरणले आवश्यक शर्त पूरा गर्ने गरी निगमलाई अनुमती दिइएको जानकारी दिए ।

निगमले जुन २२ मा निगमको एक वाईडबडी जहाज दुबई हुँदै मर्मतका लागि ईटाली गएको छ । सो जहाज ३० दिन भित्र मर्मत सकेर उडानमा ल्याउने निगमको योजना छ। निगमले भने सार्वजनिक प्रस्ताव माग गरेर छनोट गरेर नै इटालीको जहाज निर्माता कम्पनी एटीटेक एसपिएलाई मर्मतको जिम्मेवारी दिएको बताएको छ ।

वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले वाईडबडी जहाजको सी चेकको लागि प्राधिकरणको अनुमति प्रदान गर्ने प्रक्रिया भइरहेको र प्रक्रिया पूरा भएपछि जहाज मर्मत पनि अगाडि बढ्ने बताए ।

निगमसँग भएका दुईवटा वाइडबडी जहाजमध्ये कल साइन नाइन एनएनवाई जहाज यही जुन २५ देखि सी–चेकमा गएका कारण उडानमा छैन।

निगमकै अर्को वाइडबडी ए३३० नाइन एन एएलजेड पनि अहिले मर्मतमा गएको जहाज फर्किएपछि पठाउनुपर्ने बताएको छ । अहिले गएको जहाज मर्मत सकेर फर्किए लगत्तै सोही कम्पनीमा आगामी जूलाई २०२४ को अन्तिम सातामा अर्को वाइडबीलाई पनि पठाउन तयारी गरिरहेको निगमको भनाइ छ ।


क्लिकमान्डु