५ अर्ब ८५ करोडमा ४२ मेगावाटको लाप्चे खोला जलविद्युत आयोजना निर्माण हुँदै



काठमाडौं । डायनामिक हाइड्रो इनर्जी प्रालिले ४२ मेगावाटको लाप्चे तामाकोसी अर्ध-जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

कम्पनीले  लागत ५ अर्ब ८५ करोड रुपैयाँ खर्चेर जलविद्युत आयोजना निर्माण गर्न लागेका हो । यो आयोजनाको प्रतिमेगावाट लागत १४ करोड ६४ लाख ६० हजार रुपैयाँ छ ।  

आयोजनाको विस्तृत अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन तयार भइसकेको छ । इआईए स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेस भएको छ । मन्त्रालयले स्वीकृति दिने तयारी गरिरहेको छ । प्रतिवेदन स्वीकृति भएपछि निर्माणको बाँकी प्रक्रिया सुरु गर्ने तयारीमा कम्पनी छ ।

प्रस्तावित जलिवद्युत् आयोजना दोलखाको विगु गाउँपालिका-१ मा निर्माण हुनेछ । यो आयोजनाको ४० मेगावाटको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भइसकेको छ । बाँकी २ मेगावाटको लागि पीपीए हुने प्रक्रियामा छ । यो जलविद्युत् आयोजनाको फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो) लागि सकेको छ ।

यो आयोजनाको लागि २३८० मिटरको हेडरेस टनेल निर्माण गर्नुपर्छ । आयोजनाको ग्रस हेड २८२ मिटर, नेट हेड २७१.२३ मिटर र डिजाइन डिस्चार्ज १७.७० घनमिटर प्रतिसेकेण्ड छ ।


क्लिकमान्डु