सेयर बजारमा सामान्य सुधार: कसले कमाए, कसले गुमाए ?



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ५.६० अंकले बढेर परिसूचक २०७१.७७ बिन्दु कायम भएको छ ।

यो दिन ३१९ कम्पनीको ९४ लाख ३५ हजार ४५४ कित्ता सेयर ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार ८३३ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचक हरियाली भएको छ । विकास बैैंक, होटल, जलविद्युत, जीवन बिमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, समूहको उपसूचक बढेको छ भने बैंक, वित्त, निर्जीबन बिमा, अन्य समूहको उपसूचक घटेको छ ।

कारोबारमा मकर जितुमाया सुरी हाईड्रो पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट तहमा कारोबार भएको छ ।
यस्तै न्यादी हाईड्रोपावर, अप्पर सोलु हाई«ड्रो इलेक्ट्रिक कम्पनी, चिरक्ख्वा हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कारोबारमा साधाना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबारमा गुडविल फाइनान्स, जानकी फाइनान्स, शिव श्री हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा आरएसडीसी लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रहेको छ । कम्पनीको १४ करोड ८३ लाख ८ हजार रुपैयाँको सेयर किनबेच भएएको छ । दोस्रो र तेस्रो स्थानमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी र नेपाल फाइनान्स रहेको छ ।


क्लिकमान्डु