सहकारी पीडितले गरे माइतीघरमा प्रदर्शन (तस्बिरहरु)



काठमाडौं । सहकारी संस्थाबाट पीडित बचतकर्ताहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को अगुवाइमा उनीहरुले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले सहकारीको रकम हिनामिना गर्नेहरुलाई पक्राउ गरी कारबाही गर्न र पीडित बचतकर्ताको रकम फिर्ता गर्न माग गरेका छन् ।

प्रदर्शनमा राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसी र बागमती प्रदेशका सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले एक्यबद्धता जनाएका थिए ।


क्लिकमान्डु