सेयर बजारमा सामान्य गिरावट, फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ५.३७ अंकले घटेर परिसूचक २०६२.९४ बिन्दु कायम भएको छ ।

३१७ कम्पनीको ९५ लाख ६१ हजार ७२७ कित्ता कारोबारमा ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

यो दिन ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको घटेको छ । कारोबारमा फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । कारोबारमा वित्त समूहको उपसूचक १२८.५३ अंकले बढेको छ । फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षणले यो समूहमा हरियाली छाएको छ ।

यस्तै ट्रेडिङ समूहको उपसूचक १९.१२ र अन्य समूहको उपसूचक ३.९९ अंकले बढेको छ । बाँकी सबै समूहको उपसूचक राताम्मे बनेका छन् ।

कारोबारमा रिलायन्स फाइनान्स, गणपती लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त, मैलुङखोला जलविद्युत कम्पनी, नेपाल फाइनान्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा ग्लोबल आइएमई लघुवित्त, कालिका लघुवित्त, उपकार लघुवित्त, बाराही हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु