यो साता सेयर बजार कता जान्छ ?



काठमाडौं । यस सातादेखि हामीले सेयर बजारको प्राबिधिक विश्लेषण गरेका छौं । गत साताको बजारको उतार चढावको आधारमा यस साता सेयर बजार कता जान्छ भन्ने विश्लेषण गरिएको हो । तर, लगानीकर्ताले लगानी गर्नु अगाडि आफ्नो लगानी क्षमता तथा जोखिम वहन गर्नसक्ने क्षमताको आधारमा लगानी गर्नु पर्दछ ।

किनकि सेयर बजारमा लगानी गर्नको लागि प्राबिधिक विश्लेषणमा मात्रै भर पर्न सकिँदैन । सेयर बजारमा राजनीतिक तथा आर्थिक एवं लगानीकर्ताको मनोविज्ञान आदीले पनि धेरै असर पार्दछ । त्यसमाथि नेपालको सेयर बजारमा विभिन्न स्वार्थ समुह हाबी भएका कारण पनि लगानीकर्ताले विशेष सावधानी अपनाउनु आवश्यक छ ।

यस साताको बजार कता जान्छ भन्ने प्राबिधिक विश्लेषणका लागि पिभोट विश्लेषणको आधार लिइएको छ । जसमा यस साता सेयर बजार बढ्नका लागि कहाँ कहाँ प्रतिरोध आउन सक्छन् र बजार घट्दा कहाँ कहाँ आधार हुन सक्छन् त्यसको विश्लेषण गरिएको छ ।

गत साताको सेयर बजारको उतार चढावको आधारमा पिभोट बिन्दु २०८२.९७ भएका कारण यस साता बजार उकालो लाग्दा पहिलो प्रतिरोध (रेजिस्टयान्स) २०९७.६३ बिन्दुमा रहन्छ । यदि बजारले प्रतिरोध २०९७.६३ बिन्दु पार गर्न सफल भए अर्को प्रतिरोध २१२६.९५ बिन्दुमा रहने छ । किनकि गत साता आइतबार बजार २११२.२९ बिन्दुमा खुलेको थियो, भने उच्च बिन्दु २११२.२९ र क्लोजिंग बिन्दु २०६८.३१ बिन्दु रहेको थियो र न्यून बिन्दु पनि २०६८.३१ रहेको थियो ।

तर, यदि बजार ओरालो लाग्न थालेको खण्डमा पहिलो आधार (सपोर्ट) २०५३.६५ बिन्दुमा आउँछ । यदि सेयर बजार २०५३.६५ बिन्दुभन्दा पनि तल ओरालो लागे दोस्रो आधार अर्थात् टेको २०३८.९९ बिन्दुमा रहन्छ ।

पिभोट बिन्दु एक प्राविधिक विश्लेषण सूचक हो जसलाई विभिन्न समयको कारोबारको आधारमा समग्र बजारको प्रवृत्ति निर्धारण गर्न प्रयोग गरिन्छ । पिभोट पोइन्ट आफैंमा एकैदिनको कारोबार (इन्ट्राडे) उच्च र कमको औसत, र अघिल्लो व्यापारिक दिनको बन्द बिन्दु हो । जसलाई गत साताको उच्च र कमको औसत र अघिल्लो कारोबार दिनको बन्द बिन्दुका आधारमा गणना गरिएको छ ।

यस्तै, प्रतिरोध (रेजिस्टयान्स) भनेको बजार उकालो लाग्दा रोकिने बिन्दु हो भने आधार (सपोर्ट) भनेको ओरालो लाग्दा रोकिने बिन्दु हो । बजार उकालो लाग्दा बढ्न रोकिने बिन्दुबाट घट्न सुरु गर्दछ र उल्टो हुन्छ, र बढ्न थाल्छ । किनकि यस बिन्दुमा, लगानीकर्ता ले बढ्दो बजारहरूबाट लाभ लिन सक्छन् ।

पिभोट बिन्दुहरू प्राविधिक विश्लेषणको आधारभूत उपकरण हुन् । जुन वित्तीय बजारमा सम्भावित उकालो वा ओरालो निर्धारण गर्न लगानीकर्ताद्वारा व्यापक रूपमा प्रयोग गरिन्छ । पिभोट प्वाइन्ट क्याल्कुलेटर एउटा प्राबिधिक उपकरण हो । जसले कुनै पनि समयमा उच्च, कम र नजिकको बिन्दु अनुमान गर्दछ ।

‘आधार’ (सपोर्ट) तथा र ’प्रतिरोध’ (रेजिस्टयान्स) दुई सम्बन्धित स्तरका लागि सर्त हुन् । जुन बजारको कारोबारको दायरालाई सीमित गर्न देखिन्छ । आधार स्तरमा बजारको नियमित गिरावट रोकिन्छ र ब्याक अप बाउन्स हुन्छ, जबकि प्रतिरोधको अवस्थामा बजार सामान्यतया बढ्दै जान्छ र फिर्ता तल झर्छ ।

तर, लगानी गर्दा कुनै पनि प्राविधिक सूचक सही छैन भन्ने तथ्यलाई ध्यानमा राख्नु पर्दछ । किनकि यी संकेत चेतावनी मात्र हुन् ।

(गत साता आइतबारको ओपनिंग विन्दु, उच्च विन्दु, न्यून विन्दु, क्लोजिंग विन्दुको सहायताले पिभोट प्वाइन्ट हिसाबको आधारमा प्राबिधिक विश्लेषण गरिएको छ । पिभोट प्वाइन्ट विश्लेषणले हरेक दिनको कारोबारको आधारमा अर्को दिनको विश्लेषण पनि गरिन्छ । यस विधीमार्फत साताको प्राबिधिक विश्लेषण गरिएको छ । यो विशुद्ध प्राबिधिक विश्लेषण भएका कारण यसमा गरिएको प्राविधिक विश्लेषणको आधारमा सेयर बजारमा कारोबार गर्दा जोखिमको दायित्व लगानीकर्ता स्वयंको हुनेछ । क्लिकमान्डु यसका लागि कुनै जिम्मेवार रहने छैन । सेयर बजारको जोखिमलाई ध्यानमा राखेर लगानी गर्न अनुरोध गरिन्छ ।)


क्लिकमान्डु