मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा ६ बैंकले लगानी गर्ने



काठमाडौं। मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा ६ वटा बैंकले लगानी गर्ने भएका छन्।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको ६६.३ मेगावाट क्षमताकोआयोजनामा नबिल बैंकको अगुवाइमा ६ वटा वाणिज्य बैंकले लगानी गर्ने भएका हुन् ।

शुक्रबार आयोजनाको वित्तीय व्यवस्थापन गर्न सहवित्तीयकरणका बैंकहरू र प्रवर्द्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा हाइड्रो सपोर्ट प्रालिको तर्फबाट आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंकको तर्फबाट सहवित्तीयकरणको लिड बैंक नबिल बैंकका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुंगानाले हस्ताक्षर गरे ।

आयोजनामा नबिलसहित एभरेस्ट बैंक लिमिटेड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य वैक र प्रभु बैकले लगानी गर्नेछन् ।

आयोजनाको लागत निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब ९३ करोड रुपैयाँ अनुमानित रहेको जनाएको छ । आयोजनामा ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत स्वपूँजी (इक्विटी) बाट जुटाइएको छ ।


क्लिकमान्डु