कालिमाटी तरकारी बजारमा आज : भिण्डीमा ९ रुपैयाँ बढ्यो, अन्य तरकारीको मूल्य कस्तो छ ?



काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा शनिबार तरकारीको मूल्य मिश्रित रहेको पाइएको छ । केही तरकारीको मूल्य बढ्दै गएको छ भने केहीको घटेको छ ।

शनिबार उक्त बजारमा भिण्डीको मूल्यमा ९ रुपैयाँले बढेको छ । शुक्रबारको तुलनामा प्रतिकिलो ९ रुपैयाँ बढेर शनिबार ६५ रुपैयाँमा बिक्री भएको छ । यस्तै ठुलो गोलभेडामा ९ रुपैयाँ बढेर ६५, प्याजमा ४ रुपैयाँ बढेर ८७.६०, स्थानीय काउलीमा १५ रुपैयाँ बढेर ५०, ज्यापु काउलीमा १८.२३ रुपैयाँ बढेर ६५ रुपैयाँ बढेर शनिबार बिक्री भएको छ ।

त्यसैगरी घिउ सिमी राजमामा २६.६७ रुपैयाँ बढेर १३६.६७, अकवरे खुर्सानीमा २५ बढेर १७५, ताजा छडी माछामा ७ रुपैयाँ बढेर २४० रुपैयाँमा शनिबार बिक्री भएको छ ।

यस्ता तरकारीको घट्यो
कालिमाटी बजारमा केही तरकारीको मूल्य सामान्य रुपमा घटेको छ । जसअनुसार तने बोडीमा १० रुपैयाँ घटेर ५६, घिउसिमीमा ६ रुपैयाँ घटेर ५०, तिते करेलामा ५ रुपैयाँ घटेर ३०, लाम्चो हरियो फर्सीमा ५ रुपैयाँ घटेर ३०, डल्ले हरियो फर्सीमा ५ रुपैयाँ घटेर ३०, ब्रोकाउलीमा २५ रुपैयाँ घटेर ८५ रुपैयाँमा बिक्री भएको छ ।

शनिबार राजा च्याउको मूल्य यथावतै छ । शनिबार पनि यो च्याउ २९३.३३ रुपैयाँमा कारोबार गरेको छ । यस्तै कन्ये च्याउमा १२ रुपैयाँ घटेर १६८, डल्ले चयाउमा १० रुपैयाँ घटेर २९०, रहुँ माछामा ५ रुपैयाँ घटेर ३२५ रुपैयाँमा शनिबार बिक्री भएको छ ।

शनिबार स्थानीय सानो गोलभेडा १२, टनेलको सानो गोलभेडा १२.४०, रातो आलु ५६, मुढे रातो आलु ४९, गाजर ६५, बन्दा २२.५०, मुला ४५, लाम्चो भान्टा ३५, लौका ४५, परवर ६६, स्कुस ६५, रातो साग ४६.६७ र तोरी साग २५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

कालिमाटी बजारमा शनिबारको तरकारीको थोक मूल्य


क्लिकमान्डु